रुकुम (पूर्व )मा १५ शैयाको अस्पताल

  • ६ मंसिर २०७६, शुक्रबार ११:२५ मा प्रकाशित
  • -वसन्त अनुभव

    २०७६ मंसिर ५
    प्रदेश नं. ५ कै दुर्गम जिल्लाको रुपमा परिचीत रुकुम (पूर्व)मा एक कार्यक्रम बिच १५ शैयाको जिल्ला अस्पतालको समुद्घाटन भएको छ । रुकुम जिल्लामा रहेको साविक जिल्ला अस्पताल जिल्ला टुक्रिए संगै रुकुम (पश्चिम ) मा पर्न जादा रुकुम (पूर्व) अस्पताल बिहिन हुन पुगेको थियो ।


    प्रदेश नं.५ का माननीय मुख्यमन्त्री श्री शंकर पोख्रेलले पानसमा बत्ति बालेर र ब्यानर खोलेर जिल्ला अस्पताल रुकुम (पूर्व) को समुद्घाटन गर्नु भएको हो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जि.सी.को स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रममा माननीय मुख्यमन्त्री श्री शंकर पोख्रेल, पूर्वमन्त्री एबं संघिय सांसद श्री कमला रोका, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद कुमार गिरी र सिस्ने गाउँपालिकाका अध्यक्ष श्री कुमारी बरालले शुभकामना मन्तब्य दिनु भएको थियो ।

    जिल्ला समन्वय समिति रुकुम(पूर्व) का अध्यक्ष श्री गजेन्द्र बहादुर वलीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद श्री सुजिता शाक्य, पूर्वमन्त्री एबं संघिय सांसद श्री कमला रोका, पूर्वमन्त्री श्री गणेशमान पुन, पूर्वमन्त्री श्री दलजित शेर्पाइली, प्रदेश सभा सदस्य श्री तेज बहादुर वली, पूर्व सांसद श्री जुन कुमारी रोका लगायत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अस्पतालका जनस्वास्थ्य निरीक्षक श्री डिल्ली के.सी. ले गर्नु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published.