संबिधान सभाका सदस्य तथा पर्साका नेता राजकुमार गुप्ता केन्द्रीय सदस्यमा मनोनयन

  • ७ पुष २०७७, मंगलवार १५:२० मा प्रकाशित
  • वीरगंज, पुस ७, संबिधान सभाका सदस्य तथा पर्साका नेता राजकुमार गुप्ता केन्द्रीय सदस्यमा मनोनयन भएका छन।


    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बालुवाटारमा सम्पन्न तेस्रो बैठकले संबिधान सभाका सदस्य तथा नेकपा पर्साका लोकप्रिय नेता राजकुमार गुप्तालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएका समाचार प्राप्त हुन आएका्े छ ।

    बैठकले आगामी २०७८ सालको मंसीर २ गते महाधिबेशन गर्ने निर्णय गरेको छ भने ११९९ जना महाधिबेशन आयोजक कमिटी समेत निर्माण गरेको छ ।

    बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले आफूरुलाई अनुशासनको कारबाही गरे कसरी अगाडि बढ्ने लगायत समसामयिक विषयमा छलफल समेत भएको थियो । यतिबेला बैठकमा सहभागी हुन काठमाण्डौ उपत्यकाबाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आएका छन् । बैठकले केन्द्रीय सदस्यमा ५५६ जनालाई थप गरि ११९९ पुर्याइएको जनाइएको छ भने पार्टीका प्रबक्तामा प्रदिप ज्ञवालीलाई जिम्मेवारी समेत दिएको छ ।

    Leave a Reply