संवैधानिक परिषद्को निर्णय संसदमा, अख्तियारमा प्रेम राईसहित ४५ जनाको नियुक्ति सिफारिस 

  • ५ पुष २०७७, आईतवार १५:४७ मा प्रकाशित

  • काठमाडौं । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णयबमोजिम विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको छ ।
    संसदीय सुनुवाईका लागि उनीहरुको नाम पठाइएको हो ।
    स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस भएको छ ।
    प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाई हुँदैन । ४५ दिनभित्र सुनुवाई नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    Leave a Reply