फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई कोरोना पोजेटिभ, कयौं उच्च अधिकारी आइसोलेसनमा

  • ३ पुष २०७७, शुक्रबार १२:१७ मा प्रकाशित
  • पेरिस– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण भएको छ। बिहीबार कोरोना पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा बस्न लागेको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि आइसोलेसनमा बस्ने राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ। उनी आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने कार्यालयद्वारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ।

    राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ। 

    यसैबीच उनलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको बताइएको छ। फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ। नेपालीलाइभ बाट ।

    Leave a Reply