कलंकीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुग्‍यो

  • २६ मंसिर २०७७, शुक्रबार २२:४९ मा प्रकाशित
  • २६ मंग्सिर २०२०! काठमाडौँको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

    मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्‍जित कुमार चौधरी रहेका छन्। यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेका छन्।

    प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालवाहक ट्रकले प्रदेश २–०३००१ ख १४२० नम्बरको ब्रेक फेल हुँदा दुर्घटना भएको हो।

    ट्रकले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो। कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो। समाचार देशसंचार बाट लिइएको हो।

    Leave a Reply