
तुलसीपुर, १७ मंसिर
दाङको तुलसीपुरमा आज कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । यो सँगै तुलसीपुरमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५६ वर्षीय पुरुष रहेको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले जनाएका छन ।
निज पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको आईसोलेसन वार्डमा उपचारको क्रममा विहान करिब ४:५० बजे मृत्यु भएको थियो ।
प्राप्त जानकारी अनुसार स्वास्थ्य समस्या देखिए लगत्तै मंसिर ७ गते उनको पिसिआर स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछी आइसोलेसनमा भर्ना भएका थिए । अवस्था गंभिर बन्दै गएपछि उनलाई अक्सिजन दिने र प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको थियो । उनी कोभिड १९ को गंभिर अवस्थामा पुगेका थिए । उनमा पहिले देखि नै उच्च रक्तचापको समस्या समेत रहेको थियो ।

