मुख्यमन्त्री पोख्रेलद्वारा घोराही उपमहानगरमा निर्मित कृत्रिम जलाशयको अवलोकन

  • १३ मंसिर २०७७, शनिबार १९:४२ मा प्रकाशित
  • घोराही, १३ मंसिर
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आज घोराही उपमहानगरपालिका वडा नं. ४ मा निर्माण गरिएका रोइनी र अमर कृत्रिम जलाशयको अवलोकन गरेका छन । उक्त जलाशय लुम्बिनी प्रदेश सरकार र सिँचाइ डिभिजन कार्यालयद्वारा निर्माण गरिएको थियो ।

    उक्त जलाशय अवलोकनका क्रममा स्थानीयहरुले सिंचाई, ओसीलोपना, वातावरण हरियाली र पानीको श्रोत बढेको आशय अवलोकन टोलि समक्ष प्रकट गरेका थिए । साथै उनिहरुले यस सह्रानिय कामको लागि सरकार प्रति आभार समेत व्यक्त गरेका थिए ।

    अवलोकन टोलिमा मुख्यमन्त्री शंकर पोखेरल, नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का लगायत ब्यक्तिहरु रहेका थिए ।

    Leave a Reply