तुलसिपुरमा वडा सचिवलाइ काेराेना पुष्टि भएसँगै चार वडा सिल

  • २४ कार्तिक २०७७, सोमबार १५:१५ मा प्रकाशित
  • तुलसीपुर कात्तिक २४
    तुलसिपुर उपमहानगरपालिकाको चार वटा वडा कार्यालय एक साताका लागि सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,५,८ र ९ को वडा कार्यालयलाई एक साताका लागी सिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

    जसमध्ये वडा नम्वर ८ का वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो भने अन्य वडा कार्यालयहरुलाई कोरोना जोखिमकाे हिसावले अति आवश्यक सेवा बाहेक अन्य सवै सेवा एक साता सम्मको लागी बन्द गरिएको पर्सन केसीले बताए ।

    Leave a Reply