कांग्रेस नेता मीन विश्वकर्माको छ दिनपछि खुल्यो होस, कोरोना रिपोर्ट नेगेटिभ

  • १८ कार्तिक २०७७, मंगलवार १८:१३ मा प्रकाशित
  • काठमाडौँ- कोरोना संक्रमित भई राजधानीको ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका कांग्रेस नेता मीन विश्वकर्माको होस ६ दिनपछि खुलेको छ।

    ५३ वर्षीय नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री विश्वकर्माको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको ग्रान्डी अस्पतालले जानकारी दिएको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको र फोक्सोले काम गर्न थालेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्।

    कात्तिक १ गते कोरोना संक्रमित भई घरमै आइसोलेसनमा रहेका विश्वकर्मालाई कात्तिक ८ गते राति असहज भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो। तीन दिन उपचार गर्दा पनि कुनै सुधार नआएपछि उनलाई थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो।

    स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गराइएको छ। समाचार देशसंचार.कमले छापेको छ।

    Leave a Reply