दाङमा प्रहरीद्वारा मदिरा नियन्त्रण गरि नष्ट

  • १६ कार्तिक २०७७, आईतवार १८:४८ मा प्रकाशित
  • दाङ कात्तिक १६
    दाङ प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा सक्रियता बढाएको छ । समाजमा अपराध जन्य क्रियाकलाप बढ्ने र अशान्ती फैलने भन्दै मदरी बरामद गरी नष्ट गरेको जनाएको छ ।

    यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्वर १८ फुर्सेखालीबाट वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न व्यक्तिले तयार गरी राखेको अवैध गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले रक्सी ४० लिटर, अवैध घरेलु मदिरा बनाउने जाँड १४२ ड्रममा राखेको अन्दाजी ४०५० लिटर, मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र मदिरा निर्माण गर्न प्रयोग गरिने ८ सेट भाडा बरामद गरिएको प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

    Leave a Reply