
काठमाडौ, १४ कार्तिक
देशभर गत २४ घण्टामा ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ रहेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

