
घोराही, ९ कार्तिक
दाङमा एक ब्यक्ति अज्ञात समुहको आक्रमणबाट गंभिर घाइते भएका छन । घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी बामदेव जीएम माथि गएराती ८/१० जनाको समुहमा आएका व्यक्तिहरुले सामुहिक कुटपिट गरेका थिए ।
पारिवारिक श्रोतका अनुसार घोराहीबाट आफ्नो घर पुगि मोटरसाइकल राख्ने क्रममा एक्कासि मोटरसाइकलमा आएको उक्त समुहले जिएम माथि सामुहिक कुटपिट गरेको थियो । कुटपिटमा घरेलु हतियार प्रयोग गरिएको थियो । टाउकोमा गंभिर चोट लागेका जिएमको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

