गाेरखनाथ वैदिक गुरुकुल चौघेरामा खुत्रुके वचत खाता संचालन

  • ८ कार्तिक २०७७, शनिबार १९:२५ मा प्रकाशित
  • घोराही, दाङ, ८ कार्तिक
    दाङ जिल्लाको सुन्दर नगरी घोराहीमा रहेको हाम्रो नाेवेल बचत तथा ऋण सहकारी संस्थाले गाेरक्ष रत्ननाथ मठ चाैघेरामा अवस्थित गाेरखनाथ वैदिक गुरुकुलमा खुत्रुके वचत खाता संचालन गरेको छ ।

    गोरखनाथ वैदिक गुरुकुलका बटुक तथा कन्याहरुमा बचत गर्ने बानिको विकास गराउने उद्देश्यले खुत्रुके बचत अभियान सन्चालन गरिएको हाम्रो नोबेल बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष सुषमा कुमारी रेग्मीले जानकारी दिनुभयो ।

    उक्त अवसरमा अध्यक्ष रेग्मीले गुरुकुलका बटुक तथा कन्याहरुको प्रयासको प्रशंसा गर्नु भयो । खुत्रुके बचत खातामा उनीहरुले विभिन्न निकाय, दक्षिणा, सहयाेग आदिबाट प्राप्त भएकाे दान पैसालाई बचत गर्न सकिने र उक्त बचत रकमले भविस्य ठूलो सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले अागामि दिनमा अावस्यक भएकाे खण्डमा थप खुत्रुके ब्यबस्था गरिने जानकारि पनि गराउनु भयाे ।

    कार्यक्रमका प्रमुख अतिथि डा.चिन्तामणि याेगीज्यूले अाफ्नाे बाल्यकाल, गुरुकुल शिक्षा प्राप्त गर्नकालागि गर्नु परेकाे संघर्ष, संस्कृत शिक्षाले दिएकाे अात्मसन्तुष्टिकाे प्रशंसा गर्दै संस्कारका लागी गुरुकुलीय शिक्षा लागु गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयाे । साथै वहांबाट गुरु गाेरखनाथकाे महिमाबारे प्रकाश पार्दै सबैका लागि गाेरखनाथ हुनुहुन्छ, वहांमा कुनै भेद थिएन ।याे कुरा जान्नकालागि गाेरखनाथका पुस्तक अध्ययन गर्नुपर्ने कुरा बताउनु हुँदै गाेरखनाथ गुरुकुलले गरेका कृयाकलाप, शैक्षिक गतिविधिबाट अाफु ज्यादै प्रभावित भएकाे धारणा राख्नु भएकाे थियाे ।

    मठका महन्त सुरतनाथ याेगीले कार्यक्रममा मन्तव्य राख्दै गुरुकुलले वर्तमान समयमा मठकाे शाेभा बढाएकाे र वटुकहरुलाई वैदिक शिक्षा ग्रहणका साथै अागामि दिनमा अझै प्रगति गर्दैजाअाेस् भन्ने शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

    गाेरखनाथ वैदिक गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गुरुकुलकाे शिक्षाकाे बर्तमान अबस्था, दाङ जिल्लाका मठ,मन्दिरमा गुरुकुलकाे अावस्यक्ताका वारेमा जानकारि गराउंदै सहभागिलाई स्वागत गर्नु भएकाे थियाे । पं फणिराज भण्डारी लगायतका महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा गोरखनाथ वैदिक गुरुकुलका १५ जना वटुक तथा कन्याहरुलाई मठाधिस याेगी सन्ताेषनाथ, अाध्यात्मिक चिन्तक डा चिन्तामणि याेगी, हाम्रो नाेवेल साकाेस संस्थाका अध्यक्ष सुषमा कुमारी रेग्मी, समाजसेवी महाराज डा. नारायणनाथ याेगी र ईन्दिरा याेगीले संयुक्त रुपमा खुत्रुके वचतका लागी बाकस हस्तान्तरण गर्नु भएकाे थियाे ।

    कार्यक्रममा गुरुकुलका वटुक तथा कन्याले स्वस्ति वाचन, दुर्गा चण्डि पाठ गरेका थिए भने सांगितिक यात्राका साधक शंकर याेगीले शास्त्रीय संगितमा देवीको भजन सुनाउनु भएकाे थियाे । उक्त कार्यक्रममा गुरुकुललाई हरेक प्रकारले सहयाेग गर्नुहुने समाजसेवी घाेराही १७ हरिद्वार निवासि पंडित भुवनेश्वर पाेख्रेललाई सम्मान गरिएकाे थियाे ।

    कार्यक्रम गाेरक्ष रत्ननाथ मठका मठाधिस याेगी सन्ताेषनाथ काे अध्यक्षता एवं अा्ध्यात्मिक चिन्तक डा चिन्तामणि याेगीकाे प्रमुख अातिथ्यमा संचालन भएकाे थियो भने कार्यक्रमको संचालन शुसिला खनालले गर्नुभएको थियो ।

    Leave a Reply