
बीरगंज, कार्तिक ०८
नेपाल कम्यूनिष्ट पार्टी का केन्द्रीय प्रतिनिधि क. मात्रिका प्रसाद यादव, क. सुरेन्द्र पाण्डे को नेतृत्वमा आज जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ।
क. मुकेश चौरसिया लाई हत्या गर्ने खुलियाम घुमन पाइँदैन भन्दै हत्यारालाई कारवाही गर, हाम्रो मुदा दर्ता गर , हत्यारालाई बचाउन पाइँदैन, मृतक परिवारलाई छतिपूर्ति देऊ ब्यालेट पेपर को साथ बिरोध प्रर्दशन भएको छ।
बिरोध प्रदर्शनमा क. रहबर अंसारी,क. शम्भु गुप्ता, क.जयलाल शाह, क.अहसान अंसारी, क. अरुण यादव लगायतका अन्य ब्यक्ति उपस्तिथि रहेको थियो ।

