उमेश कुशवाहा, बिरगंज
बिरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा सांसद रमेश प्रसाद कुर्मी द्धारा संसदीय कोषको २० लाख रुपैयाको लगानीमा निर्माणधिन मस्जिद को उद्धघाटन भएको छ।
विरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा सांसद रमेश प्रसाद कुर्मीको पहलमा संसदीय कोषको २० लाख रुपैयाको लगानीमा निर्माणधिन मस्जिद को उद्धघाटन गरिएको छ ।
वडा नं.१९ मा नयाँ मस्जिदको उद्धघाटन कार्यक्रममा प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले रिबन काँटी मस्जिदको उद्धघाटन गर्नु भएको मा स्थानीयहरु हर्षित भएका छन् ।
विकास कार्य निरन्तर रुपमा गर्दै आएको सांसद कुर्मीले सञ्चारकर्मीहरु लाई जानकारी दिनु भएको छ ।
आज भएको मस्जिद उद्धघाटन कार्यक्रम मा प्रमुख अतिथी प्रदेश सांसद तथा जनता आवास का प्रमुख रमेश प्रसाद कुर्मी , वडा नं.१९ वरवा टोलका अध्यक्ष सन्तोष तिवारी, आमन्त्रित नेताहरु मा जसपाका भुवन यादव , मौलना मोहम्मद अन्वर, मौलाना जविउल्लाह अन्सारी, रहमान अन्सारी, रफार मिया, नन्नलाल यादव लगायत को उपस्थिती रहेको सांसद रमेश प्रसाद कुर्मीका स्वकृय सचीव शेख फिरोजले जानकारी दिनु भएको छ ।


