दाङ जिल्ला डबल ब्याडमिन्टण खेल सम्पन्न

  • ४ कार्तिक २०७७, मंगलवार १५:२९ मा प्रकाशित
  • दाङ । जिल्ला स्तरिय पुरुष खुल्ला डबल ब्याडमिन्टनकाे
    उपाधी घोराहीका केशव बुढा र हरि
    केसिको जोडीले जितेको छ । दाङ तुल्सिपुरको
    कबहलमा भएको फाइनलमा घोराहीकै हिमान्सु
    कवर र सुरज गुप्ताको जोडिलाई पराजित गर्दै केशव र हरिको
    जोडीले उपाधी हातपारेको हो ।दसैंको
    अबसरमा “भ्वाइस अफ युथले “आयोजना गरेको उक्त
    प्रतियोगितामा दाङ भरिबाट १७ टाेलिकाे सहभागिता रहेको
    आयोजकले जनाएको छ। प्रथम हुने टाेलिले खसि ,कप र
    प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुन सफल टाेलिले
    लाेकल कुखुरा ,कप र प्रमाण पत्रमा चित्त बुझाएको छ।
    दाङमा ब्याडमिन्टनकाे बिकासका निम्ति यो
    प्रतीयोगिता आयोजना गरिएको आयोजक तथा
    “भ्वाइस अफ युथका” अध्यक्ष झलक बस्नेतले बताउनु
    भएको छ ।”भ्वाइस अफ युथले” विभिन्न सामाजिक कार्य
    गर्दै आइरहेकाे बस्नेतले बताउनु भयो

    Leave a Reply