मा.वि.शान्तिपुरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेशिन जडान

  • २ पुष २०७६, बुधबार २०:२७ मा प्रकाशित
  • वसन्त अनुभव-
    कन्चनपुर, ०२ पौष / बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित श्री शान्ति माध्यमिक विद्यालय, शान्तिपुरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेशिन जडान गरिएको छ ।

    विद्यालय समयमा शिक्षिकाहरु तथा छात्राहरूलाई महिनावारीका कारणले अध्ययन अध्यापन कार्यमा बाधा नपरोस सहज रूपले पठनपाठनमा सहयोग होस भनेर अटोमेटिक स्यानिटरी प्याड मेशिन जडान गरिएको हो ।

    यो मेसिन बेलौरी नगरपालिका वडा नं. ४ को सौजन्यमा प्राप्त भएको हो । आज एक कार्यक्रमको आयोजना गरि मेशिनको उद्घाटन गरिएको हो ।

    फोटो:सोसल मिडिया वाल

    Leave a Reply

    Your email address will not be published.