सुशिल सुवेदी

प्रिय दशै तिमिलाइ सम्झिदा !!!
त्यो दशै पो दशै त ,
जुन बेला मिलबाट चिउरा कुटाएर बुबाले
ठ्यास पीडिमा ल्याएर बिसाउदा,
हामी चिउरा खान ओरिपरी झुम्मिदा
आमाले पर्ख पर्ख पहिला देउता लाई चडाउ
अनि दिउला भन्नु हुदा ,
हामी भुस सहितको चिउरा
बोराबाट आमा बुबाको आखा छ्ली
कटुको बगलिमा राखी करेसामा लुकि
फु फु गरि भुस उडाएर मुख भरि हाली
कसैले देखि पो हाल्छ कि भनी
दायाँ बायाँ आखा लाउदै हतारमा
चिउरा मुखभरी राखी
मुखको दुबै तिरबाट थुक बाहिर झर्दाको
चिउराको स्वाद बास्तबिक
दशै अनुभव हुन्थ्यो ,
जब दशै सुरुवात हुन्थ्यो,
तब नया कट्टु ( हापपाइन्ट ) र सर्ट
त्यो पनि स्कुल ड्रेस सग मिल्ने ,
बाल मानसपटलमा
दशैको मुख्य केन्द्र्बिन्दु
अस्टमी खसी काट्ने दिन
आमाले सन्दुसबाट नया
नाना बाहिर निकालीदिनु हुन्थ्यो ।
त्यो नयाँ नानाको बास्नामा नै दशै रम्थ्यो !
त्यो भुसेचिउराको फाकोमा नै दशै जम्थ्यो !!
खै कता गए मिलको भुसे चिउरा ?
खै कता गए बरकोबोटको रोटे पिङ्ग ?
खै कता गए डाडाबारिको लिङ्गे पिङ्ग ?