पर्यटनमन्त्री भट्टराई पनि कोरोना संक्रमित

  • २४ आश्विन २०७७, शनिबार १९:३० मा प्रकाशित
  • २४ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना भाइर संक्रमण पुष्टि भएको छ ।
    भट्टराईले आफ्नो ट्विटर मार्फत जानकारी गराउदै गत सोमबार कोरोना चेक गर्दा नेगेटिभ आएको र हिजो शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार पुर्ण चेक गराएका थिए ।

    शनिबार आज आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताउँदै ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको जनाएका छन् ।

    ट्विटर मार्फत जानकारी गराउँदै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

    Leave a Reply