शवदाहस्थलमा प्रतिक्षालयको सिलन्यास

  • २ पुष २०७६, बुधबार ११:२५ मा प्रकाशित
  • -वसन्त अनुभव
    नारायणपुर उद्योग बाणिज्य संघ, नारायणपुर दाङ्गले आज एक कार्यक्रम गरि गुर्जे खोला शव दाहस्थलमा प्रतीक्षालय निर्माणका लागि सिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।

    प्रतिक्षालयको सिलान्यास वैदिक विधि पुर्वक प्रदेश नं. ५ का सांसद अमर बहादुर डाँगीज्युको हातबाट सु-सम्पन्न भएको हो । नेपाल तरुण दल दाङका जिल्ला कोषाध्यक्ष तथा नारायणपुर उद्याेग वाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेतलाई लगायत धेरै संघ सस्था तथा सामाजिक अगुवा हरुको पनि उपस्थिति रहेको थियो प्रतीक्षालय निर्माणका लागी खेम कुमारी डाँगीले जग्गा उपलब्ध गराउनु भएको थियो ।

    Leave a Reply