प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकारसहित चारजना कोरोना संक्रमित

  • १७ आश्विन २०७७, शनिबार १७:३२ मा प्रकाशित
  • २७ असोज २०७७, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारसहित सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएकामध्ये तीनजना प्रधानमन्त्री ओलीका सल्लाहकारहरू नै रहेका छन् भने एकजना स्वकीय सचिव रहेका छन्।

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको हो। उनीहरूले आफूलाई संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

    यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो। हिमाल खबर बाट।

    Leave a Reply