
काठमाडौ, १७ असोज
नेपालमा विगत २४ घण्टामा २ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष १ हजार ३ सय ५४ र महिला ७ सय ६६ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ४८ लाख ३७ हजार ४२ रहेको छ भने मृत्यु हुने विरामीको संख्या १० लाख ३३ हजार ३ सय ३८ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ५८ लाख ९८ हजार ४ सय ५१ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या २ हजार ४४ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १२ हजार ९ सय ७८ रहेको छ ।
त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ४० रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या १० लाख ६१ हजार ६ सय ६४ रहेको छ । सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय ०२ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ५ सय २९ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या ९ हजार ७ सय ७३ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ४ हजार २ सय ७३ रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा २ सय ४० जना, प्रदेश नं. २ मा ६ सय ११ जना, बागमती प्रदेशमा ६ हजार ८ सय ९३ जना, गण्डकी प्रदेशमा ३ सय ८७ जना, प्रदेश नं. ५ मा ९ सय ५१ जना, कर्णाली प्रदेशमा ३ सय ७७ जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय १४ जना रहेको छ ।
त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ७ सय ५ जना, प्रदेश नं. २ मा ५ सय १८ जना, बागमती प्रदेशमा ७ हजार ३७ जना, गण्डकी प्रदेशमा ५ सय ३२ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ०५ जना, कर्णाली प्रदेशमा २ सय ३० जना र सुदुरपश्चिम प्रदेशमा ३ सय ०२ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ५ सय ०८ जना, प्रदेश नं. २ मा १ सय २७ जना, बागमती प्रदेशमा ५ सय ०७ जना, गण्डकी प्रदेशमा ६ सय ४१ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ०९ जना, कर्णाली प्रदेशमा ६ सय ०३ जना, र सुदुरपश्चिम प्रदेशमा ६ सय ७८ जना रहेको छ ।
त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ५ हजार ६ सय ५५ जना, प्रदेश नं. २ मा १४ हजार २सय १५ जना, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ जना, गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना, प्रदेश नं. ५ मा ९ हजार ३ सय ४६ जना, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ जना, र सुदुरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय १७ रहेको छ । जसमा प्रदेश न.१ मा २२ जना, प्रदेश न. २ मा १७ जना, बागमती प्रदेशमा १ सय १६ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ३७ जना, कर्णाली प्रदेशमा १६ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३१ जना रहेका छन । जसमा प्रदेश न.१ मा २ जना, प्रदेश न.२ मा १ जना, वागमती प्रदेशमा २४ जना र प्रदेश न.५ मा ४ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ३ रहेको छ । जसमा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।
विगत २४ घण्टामा कोरोनाका कारण ८ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला २ जना र पुरुष ६ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, बागमती प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ५ सय ०९ पुगेको छ ।

