
कपिलवस्तु- विशेष सूचनाका आधारमा प्रहरीले कपिलवस्तुबाट भारततर्फ लादै गरेको आधा किलो सुन बरामद गरेको हो । सुनसँगै प्रहरीले ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको छ ।
कपिलवस्तुबाट लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका दाजु बहिनीको साथबाट आधा किलो सुन बराबद भएको हो ।
बरामद सुन र पक्राउ परेका दाजुबहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ । घटनाको सबै विवरण शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

