कोभिड १९ का कारण स्वदेश फर्कन बाध्य नेपालीहरुलाई सहज तबरले हवाई टिकट उपलब्ध गराउन अनुरोध गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा प्रेश बिज्ञप्ती जारी:

  • १३ आश्विन २०७७, मंगलवार १९:२३ मा प्रकाशित
  • समर्पण रम्जान,
    काठमाडौ ! बैदेशिक रोजगारीमा गएका तर कोभिड १९ को कारणले नेपालीहरु चाहेर पनि स्वदेश फर्कन नसकेका कारण समस्याको समाधन गरि स्वदेश फर्कन चाहने कामदाररुलाई फिर्ता ल्याउने कार्य गर्न र नियमिति हवाई उडान संचालन गरी सहज तबरले हवाई टिकट उपलब्ध गराउने बाताबरण बनाउनको लागी नेपाल बैदेशिक रोजगार व्यवसायी संघले तलको बिज्ञाप्ती मार्फत अनुरोध गरेको छ ।
    बिग्यप्तिमा उल्लेखित कुराहरू जस्ताको त्यस्तै
    “बिश्वभर महामारिको रुपमा फैलिएको कोभिड १९ को कारणले समस्त मानब जाती, अर्थतन्त्र र हरेक क्षेत्रमा पारेको नकारत्मक प्रभाबबाट बैदेशिक रोजगार व्यवसाय अत्यन्त नराम्ररी प्रभाबित भएको तथ्य सबैलाई अवगत नै छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका कामदारहरु कोभिड १९ को कारणले रोजगारी गुमाई नेपाल फर्कन चाहेका साथै भिषा अवधि समाप्त भै स्वदेश फिर्ता हुन चहाने नेपाली श्रमिकहरुलाई नेपाल फिर्ता ल्याउन तथा उद्धारा गर्ने, नेपाली श्रमिकमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न, श्रमिकहरुको हितको रक्षा गर्न उनिहरुलाई आवश्यक पर्ने उपचार र अन्य सहयोग गर्ने कार्यलाई अभिभावकको रुपमा भुमिका निर्वाह गर्नेे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू, संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीज्यूले अहोरात्र कार्य गरि रहनु भएकोमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघ हार्दिक आभार व्यक्त गर्दछौ ।
    नेपालका बैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको यस संघको तर्फबाट बैदेशिक रोजगारीमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कन सजिलै हवाई टिकट उपलब्ध नभएको, हवाई टिकट भाडा महङ्गो भएको, महङ्गो टिकट किन्ने हैसियत कामदार संग नभएको र उडान गर्ने Airlines हरुले सरकारले तोकेको भन्दा वढि रकम लिने गरेको कुरा पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा प्रकाशित भएको तथ्य मन्त्रीज्यूलाई अवगत भएकै होला । तसर्थ विदेश स्थित कुटनैतिक नियोग संग कामदारको विवरण लिई हवाई उडान थप गरिे कामदार फर्काउनका लागी तय गरेको भाडाको अध्ययन गरि अहिलेको भन्दा सस्तो भाडा कायम गरि पाउन र बढि भाडा लिने Travel Agency तथा Airlines कम्पनीहरुलाई कारवाहि गरि पाउन माग गरिन्छ ।
    कामदारहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम कामदारले हवाई टिकट सहजरुपले नपाउदा ओभर स्टेमा परेको अवस्था छ । त्यस्ता कामदारलाई वर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनु पर्ने, साथै कतिपय कामदारहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकि बिमानस्थलबाटै फर्किएको अवस्था छ त्यस्तो अवस्थमा नेपाली कामदारलाई अझ मानसिक पिडा समेत भएको छ । त्यस कारण यी माथि उल्लेखित बिषयहरुमा माननिय मन्त्रीज्यूबाट चाडो भन्दा चाडो समस्याको समाधन गरि स्वदेश फर्कन चाहने कामदाररुलाई फिर्ता ल्याउने कार्य गर्न र नियमिति हवाई उडान संचालन गरी सहज तबरले हवाई टिकट उपलब्ध गराउने बाताबरण बनाउनको लागी नेपाल बैदेशिक रोजगार व्यवसायी संघ यसै बिज्ञाप्ती मार्फत हार्दिक अनुरोध गर्दछ ।”
    उक्त बिग्यप्ती बारे संघका महासचिब सुजित कुमार श्रेष्ठ ले अबगत गराएका छन् ।

    Leave a Reply