शिव मन्दिरमा मृत भेटिएकी सम्झना विकको न्यायका लागि पिस फोर दलितस फाउन्डेसन नेपालको प्रेस विज्ञप्ति

  • १२ आश्विन २०७७, सोमबार १०:४० मा प्रकाशित
  • मृतक सम्झना विक

    पिस फोर दलितस फाउन्डेसन नेपालले आज प्रेस विज्ञप्ति निकालेको छ। प्रेस विज्ञप्तिमा स्मेटिएर लेखिएको कुरा जस्ताको त्यस्तै

    २०७७/०६/१२ गते ,असोज ७ गाईगोरुलाई गोठमा घाँस हाल्न गएकी बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनी शरीरको तल्लो भागमा कपडा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
    बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नंबर २ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको ६ दिन बितिसक्दा पनि सरकारका तर्फबाट अनुसन्धानमा परम्परागत प्रक्रिया अबलम्ँबन गरेको र, स्थानीय, प्रदेश तथा संघीय सरकारकातर्फबाट कुनै विशेष पहलकदमी नलिएको कार्यप्रति पिस फोर दलितस फाउन्डेसन नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घट्नाको छानवीनको कुनै आधुनिक प्रक्रिया अवलम्बन नगर्दा घट्नाका संवेदनशील प्रमाणहरु नष्ट हुनसक्ने र अपराधीहरु उम्कन सक्ने मात्र मात्र होइन अपराधी मानसिकता भएका व्यक्तिहरुको मनोबल बृद्धि हुने संभावना भएकोले तत्काल सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधिशको नेतृत्वमा स्वतन्त्र छानवीन समिति गठन गरी घट्नाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कडाकडा कार्वाही गर्न जोडदार माग गर्दछौं ।
    साथै कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नंबर १ स्थित कैलाली एफएममा कार्यरत निर्मला पहराई, कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिकामा १६ वर्षीय बालिकाको सामुहिक बलात्कार र कैलाली जिल्लाको प्रहरी कार्यालयको हिरासतमा भएको रोशन बिकको रहस्यमय हत्या र रौतहटको बिजय राम , निरनज्न राम लगायत देशैभरि दलितहरुमाथि घटेका हत्या तथा भेदभावका घट्नाहरुको सत्थयतथ्य छानवीन गरी आगामी दिनमा यसखाले घट्नाहरु घट्न नदिन राज्यकातर्फबाट अबलम्बन गर्नुपर्ने उपायको सिफारिश गर्न दलित समुदायकातर्फबाट निर्वाचित साँसदहरुरहेको उच्चस्तरीय छानवीन तथा अनुगमन समिति गठन गर्न नेपाल सरकारलाई जोडदार माग गर्दछौं । अन्तमा, एउटै प्रकृतिका घट्नाहरुलाई हेर्ने दृष्टिकोणमा फरक फरक व्यवहार प्रदर्शन नगर्नसमेत नेपाल सरकार, मानवअधिकारवादीहरु तथा राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गर्न चाहन्छौं ।

    Leave a Reply