
तुलसीपुर, दाङ, १० असोज
तुलसीपुरमा लुकिछिपी अवैध जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार अपरान्ह साढे ५ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भुह्यारथान स्थित कुमार सुनारको कोठामा लुकेर अवैध रुपमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई पक्राउ गरिएको थियो । उक्त जुवाखालबाट ९८ हजार ९ सय ५० रुपैयाँ नगद सहित ८ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

