
तुलसीपुर, १० असोज
तुलसीपुरमा आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ । घोराही स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट संकलन गरिएको स्वाव परिक्षणको रिपोर्टबाट तुलसीपुरका थप २ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
आज थप संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वर्ष २७ की एक महिला र वडा नं ८ का वर्ष २६ का एक पुरुष रहेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीले जनाएका छन ।
ज्वरो लगायतका लक्षण देखिए पछि निजहरुले स्वाव परिक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो। यो संगै तुलसीपुरमा सकृय कोरोना संक्रमित संख्या ५६ र हालसम्मको जम्मा संक्रमित संख्या २ सय २४ पुगेको छ।

