
गोरखा । धार्चेका एक युवककाे भिरबाट लडेर ज्यान गएकाे छ । धार्चे गाउँपालिका–२ केरौजाका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको हाे ।
लेकमा जडीबुटी खोज्न जादा लडेर गुरुङ्गकाे मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
उनकाे गत साेमबार नै लडेर मृत्यु भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए ।
घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिएका छन । घटनास्थल निकै टाढा भएकाले घटनाको ढिलो गरी जानकारी आएको उनको भनाइ छ । सिभिल खबर बाट।

