
काठमाडौ, ६ असोज
नेपालमा विगत २४ घण्टामा १ हजार ३ सय ५६ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ९७ र महिला ४ सय ५९ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना र होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण २ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष १ जना रहेका छन । मृत्यु हुनेमा बागमती प्रदेशमा २ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय २९ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ हजार ३ सय ५७ जना, प्रदेश नं. २ मा १२ हजार ४ सय ७६ जना, बागमती प्रदेशमा ११ हजार ८ सय ५४ जना, गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना, प्रदेश नं. ५ मा ७ हजार ४ सय ६६ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ३ सय ४० जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १८ हजार १ सय ४२ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ९ सय ४९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ३ सय ४१ जना, प्रदेश नं. २ मा ८ सय ८४ जना, बागमती प्रदेशमा ५ हजार ३ सय २० जना, गण्डकी प्रदेशमा २ सय ८६ जना, प्रदेश नं. ५ मा ७ सय १७ जना, कर्णाली प्रदेशमा २ सय ०७ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ९४ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार १ सय ९३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ८६ जना, प्रदेश नं. २ मा ९ सय ३५ जना, बागमती प्रदेशमा ५ हजार १ सय २७ जना, गण्डकी प्रदेशमा ७ सय ०१ जना, प्रदेश नं. ५ मा १ हजार ४ सय ९५ जना, कर्णाली प्रदेशमा २ सय ९१ जना र सुदुरपश्चिम प्रदेशमा ३ सय ५८ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार १ सय ७१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय १७ जना, प्रदेश नं. २ मा ३ सय ३० जना, बागमती प्रदेशमा ५ सय ३६ जना, गण्डकी प्रदेशमा ५ सय ०९ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय १२ जना, कर्णाली प्रदेशमा ७ सय १६ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ५ सय ५१ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २३ रहेको छ । जसमा प्रदेश न.१ मा ११ जना, प्रदेश न. २ मा २० जना, बागमती प्रदेशमा १ सय ३३ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ३८ जना, कर्णाली प्रदेशमा १५ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३७ जना रहेका छन । जसमा प्रदेश न.१ मा २ जना, वागमती प्रदेशमा ३२ जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, रसुवा, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ८ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड १५ लाख ६ हजार ८ सय ८६ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ६९ हजार ७ सय ९९ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ३१ लाख ३४ हजार ६ सय ४५ जना रहेको छ ।

