
बीरगंज,असोज ०४
नेपाल प्रहरीको हिरास्तमा हत्या भएको जिल्ला रौतहटको गरुडा नगरपालिका -८ ,बसविट्टी जिंगडियाको बिजय रामको घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ।
हत्या पछि बिजय रामको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले अमेरिका बस्ने एडवान नेपाल ( Adwan Nepal ) को संस्थापक अध्यक्ष डा. विष्णु माया परियार ज्युको पहलमा रु. ४६००० हजार आर्थिक सहयोग गरिएको छ। स्वर्गीय बिजय रामको आमा र श्रीमती सुनित देवी रामको हातमा रकम प्रदान गरिएको थियो ।
उहाँको घरमै पुगी पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष सामाजिक अभियान्ता मनोज ज्युको माध्यमले सहयोग रकम प्रदान गरिएको छ।
यस आर्थिक सहयोग दिने कार्यक्रममा पिस फोर दलितस फाउन्डेसन नेपालको सचीव संजोग राम , रौतहटको दलित सामुदायिक विकास नेपाल संस्थाको अध्यक्ष उदयनारायण राम र दलित महिलाहरुको उपस्थिति रहेकोे थियोे ।

