नदीमा दाउरा झिक्न गएका बाबुछोरी नदीले बगाउँदा बेपत्ता

  • ३ आश्विन २०७७, शनिबार ०६:५९ मा प्रकाशित
  • प्राय नेपालीहरु बाढीले बगाएर लेराएको दाउराहरु टिप्न नदीमा जान्छन तर विडम्बना कसैकसैको अकस्मात नदीले बगाएर ज्यानसमेत गएको हुन्छ । त्यस्तै नवलरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्।

    बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका  ४५  वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया  छोरी सुजिता क्षेत्री रहेका छन्।

    नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा  सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले  बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए। 

    बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस।

    Leave a Reply