बालिका बलात्कार अभियुक्तलाई १२ वर्ष कैद

  • २ आश्विन २०७७, शुक्रबार १३:३५ मा प्रकाशित
  • उदयपुर । जिल्ला अदातल उदयपुरले बालिका बलात्कार आरोपमा पक्राउ परी थुनामा रहेका उदयपुरका एक युवालाई १२ वर्ष कैद सजाय तोकेका छन् । जिल्ला अदालत उदयपुरका इजालसले बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका– ३ का २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला गरेको हो ।

    जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले वर्ष दिन अघि ११ वर्षीया बालिकामाथि बलात्कार अभियोगमा राईलाई दोषी ठहर गर्दै ५ हजार क्षतिपूर्ति सहित १२ कैद सजायको फैसला गरेको हो । बालिका बलात्कार अभियोगमा राई गत २०७६ कात्तिक १४ गते पक्राउ परेका थिए । उनी माथि कात्तिक ८ गते राति आफनै घरको मतानमा सुति रहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो ।

    पीडितका आफन्तले बालिका माथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको उजुरीका आधारमा पक्राउ गरी जबरजस्ती करणीे अभियोगमा मुद्धा चलाएको थियो । अनुसन्धानको क्रममा मंसिर ११ गतेको इजालसबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आजको राजधानी डेलिले छापेको छ।

    Leave a Reply