कोरोना संक्रमितलाई अब नेपाली युवाद्वारा निर्मित रोबोटले औषधि दिने

  • २ आश्विन २०७७, शुक्रबार १३:१८ मा प्रकाशित
  • इलाम । इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोट) को प्रदर्शन गरिएको छ ।

    कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि ५ जना युवाहरुले रोबोटको निर्माण गरेका हुन् ।

    कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवोटले नै औषधि पुर्याउन सहयोग गर्ने आविश्कारक नबिन फुयालले जानकारी दिनुभयो ।

    रिमोर्ट कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रोबोट मार्फत प्राप्त हुने उहाँले बताउनुभयो ।

    सिसि क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ र अभिनेश सुवेदीले यस रोबोटको निर्माण गरेका हुन् । इमेज खबर मा छापेको छ।

    Leave a Reply