असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

  • २९ भाद्र २०७७, सोमबार २१:१२ मा प्रकाशित
  • काठमाडौँ — सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

    सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो । कान्तिपुर समाचार ।

    Leave a Reply