चार किलो गाँजासहित दमकबाट एक पक्राउ

  • २७ भाद्र २०७७, शनिबार १९:५९ मा प्रकाशित
  • २७ भदौ २०७७! प्रहरीले चार किलो गाँजासहित दमकबाट एक जनालाई पक्राउ गरेको छ।

    दमक-१ मा डेरा गरी बस्ने इलाम माङसेबुङ गाउँपालिका-६ का २६ वर्षीय अर्पण राईलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

    राईले बेचबिखनका लागि गाँजा राखेको भन्ने जानकारी पाएपछि प्रहरी उनको कोठामा तलासी लिन पुगेको थियो। उनको कोठाबाट चार किलो २५ ग्राम गाँजा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। राईलाई हिरासतमा लिई अनुसन्धान थालिएको दमक प्रहरीले जनाएको कुरा आजको सेतोपाटी.कम ले छापेको छ ।

    Leave a Reply