
आज बिहान दिनेश एफ एममा पत्रकार माथि भएको सांघातिक हमला प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले गम्भीर ध्यानाकर्षन भएको जनाएको छ !
थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यस संचार गृहका सह-सम्पादक जनक बिष्ट लगायत पत्रकारमाथि गरिएको आक्रमणको घटना प्रति पत्रकार महासंघ घोर निन्दा गर्दछ भनि उल्लेखित बिज्ञप्तिमा जनाईएको छ !
साथै बिज्ञप्तिमा कुनै पनि समाचार प्रति बिमति भय कानुनी बाटो हुदा हुदै सञ्चार गृहमा सांघातिक आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकार अरुले असुरक्षित महसुस गर्नु परिरहेको छ भन्दै आक्रमण घटनामा संलग्न हरुलाई तुरुन्त कानुनी दयरामा ल्याई आवस्यक कारवाही गर्न माग गरेको छ भनि उल्लेख गरिएको छ !

