समाचारका बिषयलाई लिएर दिनेश एफएम प्रवेश गरि पत्रकारमाथी कुटपिट (भिडियो सहित)

  • २६ भाद्र २०७७, शुक्रबार १४:२४ मा प्रकाशित
  • भिडियो


    सुदूरपश्चिमको धनगढीस्थित दिनेश एफएममा समाचारका विषयलाई लिएर केही उच्छृंखल व्यक्तिहरू प्रवेश गरी पत्रकार र कार्यक्रम संचालक माथि कुटपिट गरेका छन् ।
    धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट गरेको जानकारी धनगढीबाट सहकर्मी गोपीराम जैसीले जानकारी दिनुभएको छ ।

    Leave a Reply