बैठकमा फेरियो प्रचण्डको कुर्सीको ठाउँ, ओली र नेपाल दाँयाबाँया

  • २६ भाद्र २०७७, शुक्रबार १३:३० मा प्रकाशित

  • कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बस्ने ठाउँसमेत परिवर्तन भएको छ।
    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  स्थायी कमिटी बैठकमा प्रचण्ड सेन्टरमा देखिएका छन्। बैठकको ‘सिटिङ’ हेर्दा प्रचण्डको भूमिका बढेको स्पष्ट संकेत दिन्छ।
    प्रचण्डको दाँया र बाँयातिर २-२ जना नेताहरू छन्।
    प्रचण्डको दाँयातिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल  छन् भने बाँयातिर बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम बसेका छन्।
    यसअघिका बैठकमा ‘सेन्टर’ म’ओली बसेका हुन्थे।
    स्थायी कमिटीमा पेश भएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले पार्टीको सम्पूर्ण काम गर्ने र प्रधानमन्त्री ओली पुरै कार्यकाल प्रधानमन्त्री रहने प्रस्ताव गरिएको छ।
    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन्। 
    स्रोतका अनुसार २० मिनेट जति बैठकमा बसेका ओली केहीबेरअघि बैठकबाट निस्किएका हुन्।

    यो खबर आजको सेतो पाटीमा छापिएको छ !

    Leave a Reply