सुरेन्द्र बुढाथाेकि
तुलसिपुर २४ भाद्र
दाङ तुलसिपुर उपमहानगरपालिकाले काेभिड १९ काेराेनाका कारण हाल विद्यालयहरुमा नियमित पठनपाठन हुन नसकेकाे अवस्थाले गर्दा विद्यार्थिहरुले सुरिक्षत साथ स्वाध्ययन गर्न तथा सिर्जनात्मक अभ्यास गर्न अाग्रह गरेकाे छ ।
यसकारणले गर्दा अझ विद्यार्थि भाइबहिनिहरुलाइ सिर्जनशिल बनाउने उद्देश्यले उपमहानगरपालिकाले एक विज्ञप्ति मार्फत िचत्रकला प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे छ ।
तहगत रुपमा विद्यार्थि भाइबहिनिहरुलाइ अाफ्नाे चित्र वा रचना अाफ्नाे विद्यालयका प्रधानाध्यापक मार्फत २०७७ भाद्र ३१ गते भित्र विद्यालयमा पठाउन र २०७७ अाश्विन १ गते भित्र विद्यालयले अाफ्ना विद्यार्थि भाइबहिनिहरुकाे चित्र वा रचनाकाे पछाडि पट्टि विद्यालयकाे छाप सहित प्रमाणित गरि तुलसिपुर उपमहानगरपालिकाकाे शिक्षा महाशाखामा उपलब्ध गराइदिनुहुन सम्पुर्ण सस्थागत विद्यालयहरुलाइ जानकारि गराएकाे छ ।
निम्न बमाेजिमका मापदण्ड समेत पालना गर्न विज्ञप्तिमा उल्लेख गिरएकाे छ ।
१: सम्पुर्ण विद्यार्थि भाइबहिनिहरुले अाफ्नाे कक्षा र तह बमाेजिमकाे शिर्षकमा अाधारित रहि चित्र बनाउनुपर्ने ।
२: विद्यार्थि अाफुले चित्र बनाएकाे हुनुपर्ने ।
३: कारिएकाे चित्र वा रचना ताेकिएकाे समय सिमाभित्र पेश गरिसक्नुपर्ने अन्यथा चित्र वा रचनालाइ मुलयाङ्कण नगरिने ।
४: चित्र वा रचना काे पछाडि पट्टि विद्यार्थिले अाफ्नाे नाम , कक्षा र विद्यालयकाे नाम अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने।
शिर्षकहरु तहगत रुपमा तलउल्लेखित रहेका छन् ।
मावि तह (कक्षा ९-१२) : काेभिड १९ काेराेनाकाे जाेखिम तथा न्युनिकरण
अाधारभुत तह (कक्षा ६-८) : प्राकृतिक प्रकाेप तथा न्युनिकरण
अाधारभुत तह (कक्षा १-५) : म र मेराे विद्यालय



