
काठमाडौ, १६ भाद्र
नेपालमा विगत २४ घण्टामा १ हजार ६९ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय २५ र महिला ३ सय ४४ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । जसमा पुरुष ३१ हजार ५ सय ७९ र महिला ८ हजार ९ सय ५० रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १२ हजार ८८ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ७ लाख ०५ हजार ५ सय ६० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३ सय ९० जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना र होम आइसोलेसनमा ७ हजार २ सय ८० जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ११ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय ३९ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २८ जना, प्रदेश न. २ मा ९५ जना, बागमती प्रदेशमा ५७ जना गण्डकी प्रदेशमा १३ जना, प्रदेश नं. ५ मा ३२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७ सय ६८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ६ सय २५ जना, प्रदेश नं. २ मा ५ हजार ३ सय ९७ जना, बागमती प्रदेशमा १ हजार ३ सय ३६ जना, गण्डकी प्रदेशमा १ हजार ७ सय ०८ जना, प्रदेश नं. ५ मा ५ हजार २३ जना, कर्णाली प्रदेशमा २ हजार १ सय ०१ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १८ हजार १ सय १२ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार २ सय ८० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ५ सय ४४ जना, प्रदेश नं. २ मा ४ हजार ९१ जना, बागमती प्रदेशमा २ हजार १ सय ०६ जना, गण्डकी प्रदेशमा ३८ जना, प्रदेश नं. ५ मा ३ सय २३ जना, कर्णाली प्रदेशमा ४५ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ३३ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ८ सय ३२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ८६ जना, प्रदेश नं. २ मा १ हजार ५ सय १६ जना, बागमती प्रदेशमा ४ हजार ९ सय ०६ जना, गण्डकी प्रदेशमा ५ सय ७५ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ९३ जना, कर्णाली प्रदेशमा ३ सय ५९ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ९७ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ३ सय ९० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ५३ जना, प्रदेश नं. २ मा ७ सय २४ जना, बागमती प्रदेशमा ७ सय ४२ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना, प्रदेश नं. ५ मा ८ सय ३६ जना, कर्णाली प्रदेशमा २ सय ६८ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय २४ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय २७ रहेको छ । जसमा प्रदेश न.१ मा ४ जना, प्रदेश न. २ मा २९ जना, बागमती प्रदेशमा ७५ जना गण्डकी प्रदेशमा ६ जना र प्रदेश नं. ५ मा १३ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १७ जना रहेका छन । जसमा वागमती प्रदेशमा १४ जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा सोलुखुम्बु, मनाङ, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला १२ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ५६ लाख ६९ हजार ५ सय ५१ रहेको छ भने सक्रिय संक्रमित संख्या ६८ लाख ४४ हजार ९ सय ७५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ५५ हजार ४ सय ८९ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ७९ लाख ६९ हजार ८७ जना रहेको छ ।

