ओबीसी महासघ पर्साद्वारा नारायणी अस्पतालका मेसुलाई ज्ञापनपत्र ।

  • १६ भाद्र २०७७, मंगलवार १६:३० मा प्रकाशित
  • बिरगंज , भदौ १६

    अखिल नेपाल पिछडावर्ग ओबीसी ( OBC ) महासघ पर्साले ४ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

    महासघ पर्साका अध्यक्ष अकलेश कुमार साहको नेतुत्वमा गएको टोलिले आज नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्जय ठाकुर कै कार्यकक्षमा पुगि सो ज्ञापनपत्र पढेर बुझाएका थिए ।

    नारायणी अस्पताल प्रदेश न २ को न्यून आय भएको बिरामीको उपचार केन्द्रबिन्दु रहेको र गरिब जनताका आशा र भरोसाका रुपमा रहेको एकमात्र नारायणी अस्पतालमा ईमर्जेन्सी सेवा बाहेक कुनै सेवा सुचारु नभएकोले निजि अस्पतालले सामान्य रुघाखोकी र ज्वरो लागेका बिरामीको उपचार नगर्दा अकालमै गरिब जनताको ज्यान गएपछि हामिले झन यस अस्पतालको कमि महसुस गर्‍यौ , तसर्थ यश नारायणी अस्पताललाई पुर्ण साबिक कै अवस्थामा संचालन गर्न आईपर्ने बाधा अडचनलाई समाधान गर्न हामी सक्दो सहयोग गर्न समेत तयार रहेको अध्यक्षले बताए ।

    नारायणी अस्पताललाई पुर्ण साबिककै अवस्थामा संचालन गर्नुपर्ने।


    नारायणी अस्पतालको सहकार्यमा संचालित कोभिड अस्पतालमा देखा परेका समस्याहरु समाधान गर्नुपर्ने ।


    कोरोना संक्रमितहरुको कन्ट्र्याक्ट ट्रेसिङ्गमा भैइ रहेको ढिलाई तत्काल समाधान गर्नुपर्ने


    होम आईसोलेशनमा बसेका बिरामीहरुलाई चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने सहितको चार बुदे माग रहेको ओबिसी महासघ पर्साका अध्यक्ष अकलेस साहले जानकारी दिनु भयो ।

    ज्ञापनपत्र टोलिमा ओबोसी महासघ पर्साका उपाध्यक्ष बिकास कुमार पटेल , कोषाध्यक्ष राकेश कुमार साह , सहसचिव राजन साह , सदस्य प्रिन्स सावन गुप्ता , राजन गुप्ता र आकाश गुप्ताको सहभागिता रहेको थियो ।

    Leave a Reply