
काठमाडौ, १५ भाद्र
नेपालमा विगत २४ घण्टामा ८ सय ९९ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ९६ र महिला ३ सय ०३ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । जसमा पुरुष ३० हजार ८ सय ५४ र महिला ८ हजार ६ सय ०६ रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज थप हुने सक्रमित मध्ये प्रदेश १ मा ६२ जना, प्रदेश २ मा २ सय २५ जना, बागमती प्रदेशमा ४ सय ३७ जना, गण्डकी प्रदेशमा ५२ जना, प्रदेश ५ मा ३४ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदुरपश्चिम प्रदेशमा ५० जना रहेका छन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार १ सय २९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३ सय ३७ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ७ सय ०१ जना र होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय २८ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २८ जना, प्रदेश न. २ मा ८८ जना, बागमती प्रदेशमा ५३ जना गण्डकी प्रदेशमा १३ जना, प्रदेश नं. ५ मा ३२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५ सय ८८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २१ हजार ४ सय १० रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ८ सय २२ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १ सय २१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ५ सय १० जना, प्रदेश नं. २ मा ४ हजार ५५ जना, बागमती प्रदेशमा २ हजार ४२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ३ सय ५६ जना, कर्णाली प्रदेशमा २० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय २० जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ७ सय ०१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ८७ जना, प्रदेश नं. २ मा २ हजार ६२ जना, बागमती प्रदेशमा ४ हजार ४ सय ०८ जना, गण्डकी प्रदेशमा ५ सय ३० जना, प्रदेश नं. ५ मा १ हजार १ सय ७३ जना, कर्णाली प्रदेशमा ३ सय ९६ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ४५ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ३ सय ३७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ९९ जना, प्रदेश नं. २ मा ७ सय १८ जना, बागमती प्रदेशमा ६ सय ८२ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ५२ जना, प्रदेश नं. ५ मा ८ सय ०५ जना, कर्णाली प्रदेशमा ३ सय २७ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ५४ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ३२ रहेको छ । जसमा प्रदेश न.१ मा ४ जना, प्रदेश न. २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना गण्डकी प्रदेशमा ३ जना र प्रदेश नं. ५ मा १७ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १७ जना रहेका छन । जसमा प्रदेश नं.१ मा १ जना, वागमती प्रदेशमा १३ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला १२ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ५४ लाख ५४ हजार ४ सय ९१ रहेको छ भने सक्रिय संक्रमित संख्या ६८ लाख ४० हजार ६ सय ७७ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ५१ हजार ६ सय ८३ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ७७ लाख ६२ हजार १ सय ३१ जना रहेको छ ।

