विपन्नलाइ मास्क वितरण गर्न मास्क बैंक: पुन

  • १२ भाद्र २०७७, शुक्रबार १२:२० मा प्रकाशित
  • तुलसिपुर १२ भाद्र

    घोराही उपमहानगरपालिका १४ मा मास्क बैंक शुरु गरिएको छ । बिपन्नलाई मास्क वितरण गर्न युवा समाजसेवी नरेन्द्र पुनले यो अभियान शुरु गर्नुभएको हो । घोराही उपमहानगरपालिका १४ स्थित लखनपार्कभन्दा उत्तरतर्फ गरेको आफ्नै घरको परिसरमा उहाँले मास्क बैंक शुरु गर्नुभएको हो ।

    धेरै व्यक्ति मास्क नलगाएर बजारमा हिड्ने गरेको र कोरोना संक्रमणको जोखिममा पर्ने खतरा रहेकाले बिपन्न नागरिकले पनि मास्क लगाउन पाउन् भनेर यो अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    ‘भएकाले मास्क दिएर जानुहोस्, नभएकाले निःशुल्क मास्क लिएर जानुहोस’ भन्ने नाराका साथ अभियान शुरु गरिएको छ । यसमा सहयोग गर्न चाहनेले मास्क किनेर छाडिदिनसक्ने छन् भने नभएकाले लैजाने छन।

    Leave a Reply