आज थप ८ सय ५५ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो

  • ९ भाद्र २०७७, मंगलवार १८:३० मा प्रकाशित
  • काठमाडौ, ९ भाद्र
    नेपालमा विगत २४ घण्टामा ८ सय ५५ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ८४ र महिला २ सय ७१ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार ३ सय २७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख २१ हजार ९ सय ०१ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ५३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना र होम आइसोलेसनमा ५ हजार ६ सय ६९ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ६४ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय १३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ५० रहेको छ । जसमा प्रदेश न.१ मा २६ जना, प्रदेश न. २ मा ४४ जना, बागमती प्रदेशमा ६० जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १७ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १३ जना रहेका छन र सबै जना वागमती प्रदेशका रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ३८ लाख ४१ हजार ७ सय १७ रहेको छ भने सक्रिय संक्रमित संख्या ६६ लाख ४१ हजार ६१ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख १७ हजार ६ सय ९४ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ६३ लाख ८२ हजार ९ सय ६२ जना रहेको छ ।

    Leave a Reply