माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना  पुष्टि

  • ६ भाद्र २०७७, शनिबार १२:२४ मा प्रकाशित
  • काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

    गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । गौतमका अनुसार नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिए । कान्तिपुर समाचार ।

    Leave a Reply