
के तपाईंले हिन्दु धर्म सम्बन्धि रितिरिवाज, संस्कारहरुमा मुस्लिमहरु सहभागी भएको सुन्नुभएको छ ? हिन्दु धर्म परम्परा संस्कारमा मुस्लिम सहभागी भएको कुरा पत्याउनु हुन्छ? तपाईंले नपत्याई सुखै पाउनु हुन्न ।
हो पर्सा जिल्लाको बिरगंजमा एक हिन्दु पुरुषको मृत्यु भएपछि उनको अन्तिम दाहसंस्कार गर्न मुस्लिमहरु सहभागी भएका छन । मुस्लिमहरु हिन्दुहरुको धार्मिक संस्कारमा सहभागी भएको यो पहिलो घटना भने पक्कै होईन, उनिहरु पटकपटक सहभागी भएको घटनाहरु सुनिदै आएको छ ।
नेपालीहरु विविध धर्म माने पनि समस्या आईपर्दा जात धर्म सबै भुलेर एकले अर्काको रितिरिवाजको सम्मान गर्दै हात बटाउन पछि पर्दैनन भन्ने तथ्य सावित भएको छ ।
बिरगंज महानगरपालिका वडा नं. १३ मा निवासी ती हिन्दु पुरुषको मृत्यु भएपछि सोही टोलमा बस्दै आएका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरुले मृतकका आफन्त र हिन्दु धर्म मान्ने गाउलेहरुसंग मिलेर हिन्दु धर्म, संस्कृति, रितिरिवाज र संस्कार अनुसार मृतकको अन्तिम दाहसंस्कार गरेका हुन । प्राप्त जानकारी अनुसार मृतक कोभिड १९ बाट पीडित रहेका थिए ।

