कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

  • ३१ श्रावण २०७७, शनिबार २२:५५ मा प्रकाशित
  • बारा, २०७७ साउन ३१ । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लाइभमान्डुबाट साभार।

    Leave a Reply