महोत्तरीमा सर्पदंश आतंक : एउटै वाडमा १६ जनालाई टोक्यो

  • ३१ श्रावण २०७७, शनिबार १९:३३ मा प्रकाशित
  •  जनकपुरधाम, साउन ३० गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेको छ । भंगहा नगरपालिकाको वडा नं. ५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो ।

    शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजिव साहले टुडेपाटीलाई जानकारी दिए । घरमै हुँदा समेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाई छ ।

    टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयले बताएका छन् ।
    सर्पटोकेका घाइतेहरुलाई बर्दिबास स्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।

    यसअघि बिहीबार दिउँसो सोहि टोलमै विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।हाम्रो जनकपुर

    Leave a Reply