बबईका दुई गाउँ सिल

  • २९ श्रावण २०७७, बिहीबार २२:४२ मा प्रकाशित
  • तुलसीपुर, दाङ, २९ साउन
    दाङ जिल्लाको बबई गाउँपालिकाका २ वटा गाउँहरु सिल गरिएको छ । विहिबार यस गाँउपालिकाका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै बबई गाउँपालिका वडा नं. ६ का दुईवटा गाउँ टिकुलीगैरा र ढुङ्गीबगरलाई सिल गरिएको वडा नं. ६ का वडाध्यक्ष राम बहादुर डाँगीले जानकारी दिनुभयो ।

    बिहिवार कोरोना संक्रमण भएको पुष्टि हुनेमा बबई गा.पा.वडा नं.६ निवासी वर्ष २२ का एक पुरुष र वडा नं. ७ का २५ का एक पुरुष रहेका छन । उनिहरु दुबै जना हापुरे क्वारेन्टाइनमा बस्दै आएका थिए ।

    समुदाय स्तरका ५७ जना र हापुरे क्वारेन्टाइन स्थलका २१ जनाको कोरोना परिक्षणका लागि स्वाव नमुना संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको प्रयोगशालामा विहिबार पिसिआर प्रविधिबाट परिक्षण गर्दा निजहरुमा कोरोना पोजिटिभ देखिन पुगेको थियो ।

    Leave a Reply