
विजौरी, दाङ, २९ साउन
दाङ जिल्लाको बिजौरीमा अवस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले आज एक कार्यक्रमको आयोजना गरि चिकित्सालयका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरको विदाई गरेको छ ।
आजभन्दा ३ वर्ष पहिले केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौबाट सरुवा भइ दाङको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आउनु भएका डा. ठाकुर पुन: केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवीमै समायोजन भएपश्चात् जानलाग्दा निजको बिदाई गरिएको हो । यद्यपि उक्त संघ अन्तर्गतको कार्यालय केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवीमा समायोजन भएको १ वर्ष भन्दा बढी भैसकेको भएपनि निज आज औपचारिक रुपमा विदाई भएर जानलाग्नु भएको हो ।

साथै उक्त कार्यक्रममा डा रामकामेश्वर ठाकुरका अलावा सोही कार्यालयबाट स्तरवृद्वी एवं पदस्थापना भइ स्वास्थ्य कार्यालय रोल्पा जानु भएका ल्या.टे. जित बहादुर डागीलाई पनि बिदाई गरिएको थियो ।
विदाई कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुदै तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेले विदाई हुनुहुने डा. ठाकुरले चिकित्सालयको विकासका लागि गर्नुभएको कामको प्रशंसा गर्नुभयो । उक्त अवसरमा मेयर पाण्डेले चिकित्सालयको सेवा र भौतिक सुधारका लागि आफू जस्तोसुकै सहयोग गर्न तत्पर रहेको तर चिकित्सालयले स्पष्ट खाका सहित पहल गर्नुपर्ने बताउनुभयो ।
उक्त विदाई कार्यक्रममा निवर्तमान अध्यक्षद्वय भैरवप्रसाद मजगैया र श्रीधर मजगैया, नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रिय आयुर्वेद अध्ययन संस्थानका प्राचार्य डा सुनिल कुमार, राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा मदनकुमार वि.सी., अस्पताल नर्सिङ निरीक्षक विमला भण्डारी, पत्रकार गोकर्ण पौडेल लगायतले विदाई एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।
उक्त अवसरमा बिदाई हुनुहुने डा रामकामेश्वर ठाकुर र जित बहादुर डागीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वक्ताहरूले चिकित्सालयले प्रदान गर्दै आएको सेवामा कुनै कमि नगराई अझ थप सेवा सहितको गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सक डा महेश कुमार खनाल, वरिष्ठ कविराज निरीक्षक वसन्त केसी लगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विदाई हुनुहुने डा रामकामेश्वर ठाकुर र जित बहादुर डागीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम प्रादेशिक आयुर्वेद चिकित्सालय, अस्पताल विकास समितिका अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन भने चिकित्सालयका आयुर्वेद चिकित्सक डा गोकर्ण दहालले गर्नुभएको थियो ।

